चलचित्र ‘कान्छी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । फागुन ४ गते (भोलि) शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको तेस्रो गीत सार्वजनिक गरिएको हो । ‘यो मन रमाउँदै’ बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईले स्वर दिएका छन् । दिवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको सङ्गीत रहेको छ।
 

आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, श्वेता खड्का, आशान्त शर्मा, कामेश्वर चौरसिया, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।चलचित्रमा श्वेता खड्का र शैलेश खड्का निर्माताको रूपमा रहेका छन्।