आउँदो वैशाख २८ मा प्रदर्शनको तयारीमा रहेको चलचित्र ’लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तीन पोस्टरहरु फरक–फरक प्रकृतिका रहेका छन् । पोस्टरमा चलचित्रका कलाकारहरू कबिर खड्का, सलोन बस्नेत, सञ्जित भण्डारी, मरिस्का पोखरेल र चाँदनी शर्मा फिचर छन् भने तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुसुम श्रेष्ठ पनि छिन् ।कुसुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । ’लम्फू’का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र लम्पुले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरू प्रस्तुत गर्छ ।
‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।
यस अघि नै अर्जुन पोखरेलको सङ्गीत रहेका यो चलचित्रका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए । सार्वजनिक सबै गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको सङ्गीतकार पोखरेलले बताए । अब छिट्टै ’सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।