आज शुक्रबार सिनेमाघरमा नेपाली चलचित्र ’कान्छी’ प्रदर्शनमा आएको छ। आकाश अधिकारी निर्देशित चलचित्रले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएको छ । यम थापाको कथामा रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ। कान्छीमा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय रहेको छ। चलचित्रले अन्तरजातीय प्रेमले सिर्जना गर्ने अवस्थाको चित्रण गर्छ । त्यस्तै गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र कृ दोस्रो सातामा प्रवेश गरेको छ । सुरेन्द्र पौडेलको निर्देशन, कथा रहेको चलचित्रमा नायक अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ । चलचित्रले पहिलो साता करिब ६ करोड बढिको कमाईको गरेको छ ।
यता बलिउडतर्फबाट भने यो साता कुनै चलचित्र रिलिज भएन । यो साता पनि हलहरुमा प्याडम्यान मात्र रहेको छ ।
हलिउडमा भने र्यान कुग्लर निर्दे्शित ’ब्ल्याक प्यान्थ’ सार्वजनिक भयो। उपन्यासमा आधारित चलचित्रमा केविन फिगका पटकथा रहेको छ । कलाकारहरु चड्विक बोसम्यान मिचेल, जोर्डन लुपिता, न्योङ दनाइ, गुरिरा मार्टिन, फ्रीम्यान दानियल, राइट विन्सटन लगायतको अभिनय छ।