अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र चलचित्र ‘सुनेकसरी’को टिजर सार्वजनिक भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रको टिजर निकै डरलाग्दो छ । 
 

भूतप्रेतमाथिको विश्वासमा रहेका हरर जर्नरामा चलचित्र तयार भएको छ । टिजरमा अभिनेत्री शर्मा र कलाकार रविन्द्र झा फिचर छन् । सुनकेसरीमा ऋचाको साथमा भीम न्यौपानेको पनि लगानी रहेको छ । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भीम न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । जेठ ११ गतेबाट रिलिज हुँदैछ।