चलचित्र ‘ब्लाइन्ड रक्स’ नेपाल रिलिज अगावै हङकङ प्रिमियर हुने भएको छ । हङकङले चलचित्रलाई युनिभर्सल प्रमाणपत्र दिदैँ प्रिमियर गर्न लागेको हो । चलचित्रको लम्बाई १ घन्टा ४८ मिनेटको रहने छ । बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’मा प्रतिभावान दृष्टिविहिन युवती सृष्टि केसी कथालाई उठाइएको छ । चलचित्रमा सृष्टिको भूमिकामा अभिनेत्री बेनिशा हमाल प्रस्तुत भएकी छिन् । फागुन ६ गते प्रदर्शन हुन लागेको चलचित्रलाई हङकङस्थित नेपाल चलचित्र एसोसिएसनले प्रदर्शन गर्न लागेको हो । अध्यक्ष राजु राईको अगुवाइमा स्थानिय युनलङ हलमा देखाइन लागेको हो । प्रिमियरमा निर्माता निकेश लिम्बु सहभागी हुने भएका छन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्र नेपालमा फागुन १८ गते रिलिज हुने भएको छ ।