यस वर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’को पोस्टर सार्वजनिक भएको छ । यही आउँदो चैत्र ९ गते प्रदर्शनमा आउन लागेको चलचित्रको ४ वटा पोस्टर सार्वजनिक भएको हो । पोस्टरमा चलचित्रका सम्पूर्ण कलाकार अटाएका छन् भने यी पोस्टरले कलाकारको पात्र समेत उल्लेख रेको छ ।


 

टौवा क्रिएसनका विजय बत्स्यालले तयार पारेको पोस्टरको लागी फोटो श्रीधर पौडेलले खिचेका हुन् ।
सार्वजनिक भएको पोस्टरमा अभिनेत्री प्रियंका कार्की पुलिस बनेकी छिन् भने यता नायक पल शाह  र आँचल शर्मा बेहुला–बेहुली भेषमा प्रस्तुत भएका छन् ।

‘शत्रु गते’को पोस्टरमा प्रियंका पुलिस, पल र आँचल बेहुला–बेहुली !

मह सञ्चारको प्रस्तुति कलाकार किरण केसीको निर्माण रहेको चलचित्र शत्रु गतेलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रियंका, पल र आँचलको अलावा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भूसाल लगायतका कलाकारको अभिनय रहेको छ। 
 

‘शत्रु गते’को पोस्टरमा प्रियंका पुलिस, पल र आँचल बेहुला–बेहुली !