चलचित्र ‘नाका’को शीर्ष गीत सार्वजनिक भएको छ । ओएसटि भनिएको गीतमा चलचित्रमा हटाइएको दृश्यहरू समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।‘मेरो नाका’ बोलको उक्त गीतमा रोहित शाक्यको सङ्गीत, युनिक पोइटको शब्द, रोहित शाक्यरयुनिक पोइट र रोविन तामाङको स्वर रहेको छ ।चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् भने प्रविन थक्की कार्कीले निर्माण गरेका हुन् । चलचित्रका कथा निर्देशक श्रेष्ठको रहेको छ । नाकामा विपिन कार्की, थिन्ले ल्याम्हो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र राजधानीमा फागुन १८ गते र राजधानी बाहिर १७ फागुनमा रिलिज हुनेछ।