शुक्रवारबाट अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ प्रदर्शनमा आएको छ । पहिलो दिन ८० प्रतिशत अकुपेन्सी कायम गरेको कान्छीले शनिवार शतप्रतिशत अकुपेन्सी कायम गरेको निर्माण पक्षले दाबी गरेको छ । शनिवार कान्छीको प्राय जसो सो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । शनिवारको दिन अभिनेत्री श्वेता, दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्वल सुजल गिरीको टिम गोपिकृष्ण र अष्टनारायण हल पुगेको थियो । हलमा दर्शकका भीडलाई कान्छी युनिटले सम्बोधन गरेको थियो । 

करिब ८० हलमा लागेको कान्छी हेर्न विशेषतः पारिवारिक दर्शकको सङ्ख्या बढी देखिएका छन् । कान्छीलाई सबैले माया गर्नु भएको छ, सबैप्रति कृतज्ञ छु, श्वेता भन्छिन् । प्रदर्शन अगावै लगानी सुरक्षित गरेको कान्छीको नेपालको व्यापार सबै नाफाको हो । डेढ करोड माथि लगानी रहेको कान्छी का निर्माताको रूपमा शैलेश खड्का र रविन खड्का रहेका छन् । 

याम थापाको लेखन रहेको चलचित्रमा दया, श्वेता र प्रज्वलसँगै निर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने लगायत कलाकारहरको अभिनय छ ।