नेपाली चलचित्र ‘रणविर’को औपचारिक निर्माण घोषणा गरिएको छ । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रम बिच चलचित्रको अफिसियल घोषणा गरिएको हो । गोविन्दसिंह भण्डारीको लेखन र निर्देशन रहने चलचित्रमा सुशील सिटौला मुख्य भूमिका देखिने भएका छन् भने मिस नेपाल इन्टरनेस्नल २०१२ को उपाधि जितेकी शुभेच्छा खड्का यसै चलचित्रबाट डेव्यु गर्दै छिन् । उनी व्यस्तसँगै मंहगी उद्धघोषिकामा पनि पर्छिन् । कार्यक्रममा बोल्दै शुभेच्छाले चलचित्र प्रति इच्क्षा नभएता पनि रणबीरको कथाले आफ्नो बाटो परिवर्तन गरेको बताइन् । ‘मलाई लाग्थ्यो मेरो लागी सिनेमा क्षेत्र होइन । मैले यो बारेमा कहिले सोचिन् । तर जब रणबीर टिमसँग मेरो कुरा भयो । तब चलचित्र क्षेत्र मेरो लागी नयाँ बाटो बनेको हो । ’ उनी बताउँछिन् ।
‘रणवीर’ एक शिक्षित युवा जसको जीवनमा आउने विभिन्न मान्छे र परिस्थितिले गर्दा आएको उतार–चढावलाई प्रस्तुत गर्छ । चलचित्रलाई गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको संयुक्तरुपमा निर्माण गर्न लागेका हुन् । यस चलचित्रमा सुशील, शुभेच्क्षा र सुपुष्पा भट्टले सकारात्मक भूमिकामा देखिने भएका छन् भने टिका पहारी, प्रशान्त ताम्रकार, रवि गिरी र नरेश पौड्याल नकारात्मक भूमिका देखिने भएका छन् । चलचित्रमा अन्य कलाकारहरू हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतका कलाकारको अभिनय रहने छ । यही साताबाट छायाङ्कन सुरु हुने चलचित्रलाई महेश पौडेलले छायाङ्कन पाटो समाल्ने भएका छन् । चन्द्र पन्तको एक्सन रहने चलचित्रमा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्दै छन् ।