भारतमा अभिनेता अमिताभ बच्चनले होस्ट गर्दै आएका लोकप्रिय कार्यक्रम ‘काैन बनेगा करोडपति’ अब नेपालमा पनि सुरु हुने भएको छ । बिहीबार नेपालमा ‘को बन्छ करोडपति’को रूपमा सुरु हुने भएको छ । यो कार्यक्रममा महानायक राजेश हमालले होस्ट गर्ने भएका छन् । उनले आफ्नो फेसबुकमार्फत केही तस्बिरहरू सार्वजनिक गर्दै ‘को बन्छ करोडपति’ आफूले होस्ट गर्ने जानकारी दिए । कार्यक्रम एपी वान टेलिभिजन मार्फत आउने छ ।