अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । दर्शकको राम्रो साथ पाइरहेको चलचित्रले आइतबार कुमारी हलमा सेलिबे्रटी सो आयोजना गरेको थियो । उक्त सोमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री गृह मन्त्री अग्नि सापकोटा उपस्थित थिए । चलचित्र हेरिसके पश्चात् धेरैले तारिफ गरेका थिए ।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले कान्छी अभिनेत्री श्वेता खड्का राम्रो लागेको बताएका छन् । ‘श्वेताले मुटु निचोर्नु भएको छ ।’ उनी भन्छन् । त्यस्तै मदनकृष्णले मिडियासँग कुरा गर्दै पुरानो धारको भएता पनि नयाँ चिजलाई अँगालेको बताए ।
यता निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन् । ‘कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए’ भावुक हुँदै दीपा भन्छिन्स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्ला माओवादी केन्द्रका नेता सापकोटाले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए आकाश अधिकारी निर्देशित चलचित्र कान्छी मा श्वेता कान्छीको शीर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने अभिनेता दयाहाङ राई, निर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ ।