नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यति बेला सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । करिब २ वर्षको मेहनत पश्चात् अनमोल अभिनति कृ रिलिज भएको हो ।वर्षको प्रतिक्षित रहेको कृले धमाका मच्चाउने धेरैले अनुमान गरेका थिए । तर चलचित्रले सोचेको जस्तो कमाई र प्रतिक्रिया पाउन सकेन । यद्यपि कृले आफ्नो लगानी भने सुरक्षित गरेको छ । कृले सोचेको जस्तो सफलता नपाउँदा नायक अनमोल केसी केही तनावमा रहेको उनका निकट बताउँछन् ।
सायद त्यसैले होला यति बेला अनमोल चितवनमा छन् । अनमोल कृको ह्याङबाट मुक्त हुन आफ्नो दिदी काजलसँग चितवन पुगेको बताइएको छ । काजल अभिनेता भुवन केसीको जेठी श्रीमती विजयाा केसीकी छोरी हुन् । काजलले आफ्नो फेसबुक मार्फत केही तस्बिर सेयर गरेकी छिन् । जसमा अनमोल र काजलसँगै छन् भने दुवैले हात्ती सफारी समेत गरेका छन् । चलचित्र ‘क्याप्टेन’बो तयारीमा रहेका अनमोल केही दिन अझै चितवनमा रहने बताइएको छ ।