जि एक्स सोल ¥यापर समूहका चर्चित ¥यापर भाइबर बीले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “सुन्न सक्छौ”को गीत यही फागुन ४ गते सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार विराज गौतमलाई फिचरिङ गरिएको यो गीत क्रोनिक बिट्सद्वारा निर्माण गरिएको हो ।जि एक्स सोलको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा गायकहरू भाइबर बी र विराज गौतमका साथै मोडलहरू आमुन खड्का तथा श्रीतिका गुरुङलाई देख्न सकिन्छ ।