लन्डनका दुई दर्जन सहर प्रदर्शन भएको चलचित्र ‘ब्लाइन्ड रक्स’को हङकङमा प्रिमियर गरिएको छ । चीनको विशेष प्रशासनिक क्षेत्रमा नेपाली डायस्पोराले सोमबार प्रिमियर सो आयोजना गरिएको थियो । निर्माता निकेश लिम्बुको सहभागी रहेको प्रिमियरमा धेरैले चलचित्रलाई रुचाएको उनले जानकारी दिए । चलचित्र हेरिसके पश्चात् धेरैको आँखा रसाएको उनले बताए । 
 

लन्डन पछि हङकङमा ‘ब्लाइन्ड रक्स’को प्रिमियर सम्पन्न 

निर्माता लिम्बुलाई उक्त कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान गरेको थियो । अध्यक्ष राजु राईले सम्मान प्रदान गरेका थिए । मिलन चाम्स निर्देशित बायोपिक चलचित्र यही फागुन १८ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ । 

लन्डन पछि हङकङमा ‘ब्लाइन्ड रक्स’को प्रिमियर सम्पन्न 


किशोरावस्थमा दृष्टि गुमाएकी युवती सृष्टि केसीको जीवनमाथि बनेको चलचित्रमा बेनिशा हमाल मुख्य भूमिकामा देखिएकी छिन् । उनीसँगै चलचित्रमा गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायतको अभिनय रहेको छ।