केही समय अघि मात्र प्रेमी संजोग कोइरालाका साथ वर्षा राउत अनुबन्धित भएको चलचित्र 'एउटा यस्तो प्रेम कहानीमा अर्का रियल लाईफ प्रेमी जोडी प्रियंका र आयुष्मान एकसाथ देखिने भएका छन् । नायक शिव श्रेष्ठ्को लगानीमा बन्न लागेको 'एउटा यस्तो प्रेम कहानीले सामाजिक कथा बस्तु र प्रेम सम्बन्धको कथा बोक्ने छ। चलचित्रमा आयुष्मानले सामाजिक कार्यमा समर्पित युवाको भूमिका निर्वाह गर्ने छन् भने आयुष्मानको जोडी प्रियंका नै हुने भएकी छिन ।
दीपेश सापकोटाले निर्देशन गर्ने यस चलचित्रमा दिलीप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायत पुराना पुस्ताका जमेका कलाकारहरूको समेत अभिनय रहने छ ।यसका साथै वर्षा, प्रियंका, विष्णु चेम्जोंग, नरेन खड्का, किरण केसीआदी कलाकारको मुख्य भूमिका रहने छ भने निर्माता शिव श्रेष्ठ आफै पनि अतिथि भूमिकामा देखिने भएका छन् । चलचित्रको कथा स्वयम् निर्माता श्रेष्ठले लेख्ने बताइएको छ भने यही फागुनबाट चलचित्र फ्लोरमा जाने छ ।