गएको साउन २७ गते रिलिज भएर दर्शकको राम्रो साथ पाउन नसकेको चलचित्र संरक्षण पुन: रिलिज हुने भएको छ । तराईमा आएको बाढीको कारण अपेक्षा अनुरूप दर्शक पाउन नसकेको भन्दै चलचित्र टिमले होलीको अवसर पारेर पुन: फागुन १७ गते प्रदर्शनमा ल्याउने तयारी गरेको हो ।
निखिल उप्रेती र सौगात मल्लाले एकसाथ काम गरेको चलचित्र विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि-रिलिज गरिने निर्माता प्रदीप कुमार उदयले बताएका छन् । तराईमा हुने राजनैतिक उथलपुथल र यसको कारण जनाताले भोग्नु परेको समस्या तथा समाजका संरक्षक मानिएका सरोकारवालाहरुको स्थिति बोल्ने चलचित्रमा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् भने प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रूपमा निर्माण गरेका हुन् ।