बृक्ष्य इभेन्ट्सको आयोजनामा हुन गइरहेको 'द डिभा नेसनल २०१८' को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । गत शनिबार बानेश्वर स्थित एभरेष्ट फिल्म एकेडेमीमा उक्त अडिसन सम्पन्न भएको हो । अडिसनमा डिजाइनर कैलाश कुँवर र प्रज्ञा चित्रकार निर्णायकको रूपमा रहेका थिए ।
१६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवतीहरूको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने र उनिहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको बृक्ष्य इभेन्ट्सका सी.ई.वो दिपेश कुँवरले बताए । पहिलो चरणको अडिसनमा निकै राम्रा प्रतिभा भएका प्रतिस्पर्धीहरुको उपस्थिति रहेकाले पनि दोस्रो चरणको अडिसनको आवश्यक रहेको आयोजकले जनाएको छ । दोस्रो चरणको अडिसन यहि फाल्गुन १२ अर्थात् २४ फेब्रुअरीमा हुनेछ ।
अडिसनबाट छनोट प्रतिस्पर्धीहरू क्लोज क्याम्प मार्फत प्रशिक्षण दिइनेछ । त्यसक्रममा उनीहरूलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले चैत्रको दोस्रो साता गरिनेछ । उक्त कार्यक्रममा एभरेष्ट फिल्म एकेडेमी एकेडेमिक पार्टनरको रुपमा रहेको छ ।