निर्देशक स्व दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा लिइएको चलचित्र 'डेस्टिनेशन काठमाडौँ' चैत २ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।पर्यटन व्यवसायमा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको चलचित्रमा देशको राजनीति परिवेशले पर्यटन व्यवसायमा पारेको असारको चित्रण गरिएको छ । विदेशीलाई नेपालप्रति आकर्षित गराउँदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्‍याउनुका साथै राजनीतिले पारेको प्रभावको विषयमा केन्द्रित फिल्मलाई अन्तराष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य राखेका थिए निर्देशक रायमाझिले ।विडम्बना उनको असमायीक निधनका कारण केही समय निर्माण कार्य रोकिएको थियो । अर्का निर्देशक मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा निर्माणको काम सम्पन्न भएपछि विदेशका विभिन्न स्थानमा विशेष प्रदर्शन गरिएको चलचित्र चैत २ बाट देश्व्यापी रूपमा प्रदर्शनमा आउन लागेको हो । शरद अधिकारीले निर्माण गरेको फिल्म जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा दिलीप रायमाझी, झरना थापा, सहारा मावबे, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, लगायता कलाकार प्रमुख भूमिकामा छन् ।