फागुन ११ देखी एकसाथ देश्व्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र 'साढे सात' ले बुधवार कलाकार, चलचित्रकर्मी र पत्रकारहरुको उपस्थितिमा प्रीमियर सम्पन्न गरेको छ । उपस्थित कलाकार तथा दर्शकले चलचित्रको बारेमा मिश्रीत प्रतिकृया दिएका छन् ।

 

एउटा फोटो पत्रकारको जिवन र चुनौतिको कथालाई विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रको कथालाई धेरैले मन पराएका छन् । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ आफ्नो परिवार सहित उपस्थित भएका थिए भने दिपाश्री निरौला, सिताराम कट्टेल (धुर्मुस), लगायतका कलाकारको बाक्लो उपस्थिती रहेको थियो । समग्रमा चलचित्रले नयाँ विषय वस्तु उठान गरेको र नयाँ प्रयोग गर्ने जमर्को गरेका कारण पनि हेर्नै पर्ने भन्दै प्रतिकृया दिएका छन्। गायक सत्य राज आचार्यको भूमिका र अभिनयालाई भने सबैले तारिफ गरेका छन् । यसका साथै चालचित्रको प्रस्तुती त्यती दरो नभएको पनि प्रतिकृया आएको छ ।