गायिका जलजला परियारको उपचारको लागी चलचित्र ’ए मेरो हजुर २’ निर्माण टिमले आर्थिक सहयोग गरेको छ । ’ए मेरो हजुर २’को बेल्जियम प्रदर्शनको क्रममा उठेको रमकमध्य ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेसनबाट प्राप्त २५ गरि बिहिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर निर्माण टिमले ७६ हजार रुपैयाँ जलजलाको परिवारलाई दिइएको थियो । चलचित्रका नायक सलिनमान बनियाँ र निर्माता सुनिलकुमार थापा शिक्षण अस्पताल पुगेर जलजलालाई भेटेर उनको स्वास्थ्य अवस्थाको बारेमा बुझेका छन् । 
 

दुवै मृगौलामा समस्या देखिएपछि जलजला परियारको उपचारका लागि विभिन्न, संस्था र व्यक्तिले सहयोग प्रदान गर्ने क्रम जारी छ। निर्माता थापाले ’ए मेरो हजुर २’को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्चने घोषणा समेत गरे।जलजलाका बुवा नारायण बहादुर दर्जीका अनुसार मृगौला प्रत्यारोपणका लागि नेपालमा समय लाग्ने भएकाले थप उपचारका लागि भारत लाने तयारी भैरहेको बताए ।