आज शुक्रवार नेपाली सिनेमा घरमा दुई चलचित्र प्रदर्शन भएका छन् । जसमा ‘पञ्चेबाजा’ र ‘साढे सात’ रहेको छ । । यी दुई चलचित्रले मल्टिप्लेक्सको साथै सिंगल थिएटरमा पनि सो पाएका छन् ।
चलचित्र ‘साढे सात’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रमा एक फोटो पत्रकारको कथालाई उठाइएको छ । कामको सिलसिलामा मधस आन्दोलनमा पुगेका पत्रकार र उनको भोगेको पिडालाई चलचित्रमा चित्रण गरिएको छ । चलचित्रले केही दिन अघि प्रिमियर सो आयोजना गरेको थियो । जसमा यसले मिश्रित प्रतिक्रिया पाएको छ । गायक तथा नायक सत्यराज आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा उनी बाहेक कामेश्वर चौरासिया, मेनुका प्रधान, सुनिल थापा, सुप्रिया कट्वाल लगायतको अभिनय रहेको छ।
त्रिकोणात्मक प्रेम र बदलाको कथा भन्ने पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। प्रदिप भारद्वाजको कथा, पटकथा, संवाद रहेको चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, बिमला गिरी, जस्मिन श्रेष्ठ, तेज गिरी, सबिन बास्तोला लगायतको अभिनय रहेको छ।
बलिउडमा यो साता कुनै चलचित्र प्रदर्शन भएन भने हलिउड तर्फ
बलिउडतर्फ भने यो साता नयाँ फिल्म रिलिज भएन। ’पिटर र्या्बिट’ प्रदर्शनमा आएको छ। विल ग्लक निर्दे्शित एनिमेटेड एड्भेन्चर कमेडी ड्रामाले मल्टिप्लेक्समा सो पाएको छ।
चलचित्रमा डोमनाल ग्लिसन, रोज ब्रायन र साम नलको मुख्य भूमिका रहेको छ।