बिहीबार काठमाडौँमा चलचित्र ‘शत्रु गते’मा समावेश भएको ‘रूपै मोहनी’को भ्युज एक कारण पुगेको कारण सेलिब्रेसन कार्यक्रममा राखिएको थियो । साथमा यसै चलचित्रका नायक पल शाहको जन्मदिनको जन्मदिन पनि मनाइयो । कार्यक्रममा चलचित्रका सम्पूर्ण टिम सँगै संचारकर्मीको उपस्थिति रहेको थियो । सेलिब्रेसनको क्रममा सबैले आफ्नो आफ्नो भनाई राखेका थिए ।

जब पालो नायिका आँचल शर्माको आयो तब उनी भावुक बनिन् । बोल्न खोजिन् तर सकिनन् । पछाडिबाट कसैले ‘केटीहरूको सुरु भयो..’ भन्ना साथ आँचलले ‘भावना हो भन्दै’ रोएकी थिइन् । कार्यक्रममा बोल्ने क्रममा कलाकार हरिवंश आचार्यले आँचलको तारिफ गरेका थिए । सोही कारण आँखा रसाएको शर्माले बताइन् । ‘सानै देखि उहाँहरूलाई देख्दै आए । आज उहाँहरूको मुखबाट तारिफ सुन्न पाउँदा खुसीको आँसु झरेको हो’ आँचल बताउँछिन् ।