अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र ‘कान्छी’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा सफल व्यापार गरेको चलचित्रले दोस्रो सातामा पनि ८० बढी हल पाएको निर्माण पक्षले दाबी गरेको छ ।

यति बेला कान्छी युनिट प्रदर्शनको दोस्रो साता मोफसलको यात्रामा निस्किएको छ। अभिनेत्री खड्का , नायक विनोद न्यौपाने र कलाकार दिलीप पन्त सहितको टोली हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएको हो ।

श्वेताका अनुसार दर्शकसँग खुसी साट्न र साथै धन्यवाद दिन मोफसलका मुख्य सहर पुगेको उनले बताइन् । निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई भने समय व्यवस्ताको कारण जान पाएनन् । रिलिज पूर्व नै लगानी सुरक्षित गरेको कान्छीले सार्वजनिक प्रदर्शनीबाट सोचे भन्दा राम्रो दर्शकको साथ पाइरहेको छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि कान्छी बनेर फर्किएकी श्वेतालाई दर्शकले साथ दिएका छन् ।