चलचित्र ‘जय शम्भु’को अफिसियल घोषणा भएको छ । आइतबार काठमाडौँमा कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नायक अनुप विक्रम शाही र नायिका वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिने भएका छन् भने यता अर्का कलाकार प्रशान्त ताम्राकार भिलेनको अवतारमा देखिने भएका छन् । एक्सन लभस्टारी जनरामा निर्माण हुन लागेको चलचित्र निर्माण घोषणासँगै फ्लोरमा जाने भएको छ । चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्ने भएका छन् । यो चलचित्रमा दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटीको लगानी रहेको छ । ४५ दिन सम्म छायाङ्कन हुने चलचित्र काठमाडौँ र अन्नपूर्ण बेस क्याम्पमा खिचिने निर्माण पक्षले बताइएको छ । 
हरि घले लामाको छायाङ्कन रहने चलचित्रमा श्री श्रेष्ठको एक्शन, रामजी लामिछानेको कोरियोग्राफि रहनेछ । आगामी नयाँ वर्षको श्रावण १ गते रिलिज हुने चलचित्रमा सङ्गीत प्रदिप कँडेल र अर्जुन पोखरेलको रहने छ ।