यही फागुन २५ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मंगलम’ मोफसल प्रमोसनको लागी निस्किएको छ । निर्माता छविराज ओझासंगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिटले पूर्वको धरानबाट प्रचारलाई तीव्रता दिएको छ । चलचित्र युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड हुँदै चितवन, हेटौडा, पोखरा पुग्ने छ ।
नवल नेपालको निर्देशन रहेको चलचित्रले पारिवारिक प्रेम कथालाई बोल्ने निर्माण पक्षले जनाएको छ । चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, निर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष भूमिका रहेको छ । चलचित्रमा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माताका रूपमा रहेका छन् । विष्णु घिमिरेको छायाङ्कन, दीपक शर्माको सङ्गीत, गोविन्द फुयाँलको कथा रहेको चलचित्रमा रहेको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भैसकेको छ ।