सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।सुरी एल्बममा संग्रहित रहेको गीतमा शब्द सानो दिल र सङ्गीत भानुभक्त ढकालको रहेको छ । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने यसलाई बुद्ध लामा एण्ड टिमले छायाङ्कन गरेका हुन् ।
विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यस एल्बममा ५ गीत संग्रहित छन् । लालगेडीसँगै यसमा सुरी , को हो त्यो , तिम्रो आगमनले र मन भरि वेदना बोलको गीत रहेका छन् । यसमा सानो दिल , रवि मल्ल , कमल मल्ल , सुरी र मनोज आचार्यको शब्द रहेको छ । यसमा भानुभक्तसँगै कल्याण सिंह , न्हू बज्राचार्य र कर्ण दासको सङ्गीत रहेको छ ।