चलचित्र ‘ह्याप्पी डेज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण पक्षको अनुसार चलचित्र अब चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि चैत १६ मा प्रदर्शन गर्ने भएता पनि अब चलचित्र दुई साता अघि नै रिलिज हुने निर्देशक मिलन चाम्सले जानकारी दिए । मिलन चाम्स निर्देशित तिन चलचित्र यस वर्ष रिलिज हुँदै छ । जसमा ब्लाइड रक्स फागुनमा , ह्याप्पी डेज र लिलीबिली चैत्रमा रिलिज हुने छन् । नयाँ रिलिजसँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । जसमा सहभागी हुन् इच्छुकले हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’मा कभर भिडियो बनाउनु पर्नेछ । कभर भिडियो तयार भएपछि जुन सुकै युट्युब च्यानलबाट अपलोड गरी ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिङ्क सेन्ड गर्नु पर्नेछ ।
युट्युबमा सर्वा्धिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरी १ लाख नगद पुरस्कार प्रदान गर्नेछ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म छ ।
दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहेको चिलचित्रलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालले संयुक्त रूपमा निर्माण गरेका हुन् ।