चलचित्र ‘ब्ल्याक’को पोस्टर सार्वजनिक भएको छ । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्रको पहिलो लुक सहितको पोस्टर सार्वजनिक भएको हो ।

’ब्ल्याक’को पोस्टरमा आँचल र आकाशको प्रेम 

आश्मा फिल्मस् ब्यानरबाट निर्माण भएको चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । निर्माण पक्षको अनुसार चलचित्र अब जेठ ११ गते रिलिज हुने भएको छ । चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

’ब्ल्याक’को पोस्टरमा आँचल र आकाशको प्रेम 

आश्मा पाण्डेको निर्माण रहेको चलचित्रको पोस्टर रिलिजसँगै निर्माण पक्षले औपचारिक रूपमा प्रचार प्रसार थालनी गरेको बताए । एक्सन लभस्टोरी जनराको चलचित्र मौनता श्रेष्ठको लेखनमा तयार भएको हो ।

’ब्ल्याक’को पोस्टरमा आँचल र आकाशको प्रेम 

महेश खड्का र प्रतीक पौडेलको सङ्गीत रहेको चलचित्रमा द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । चलचित्रलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

’ब्ल्याक’को पोस्टरमा आँचल र आकाशको प्रेम