चलचित्र ‘सुश्री सम्पत्ति’को छायाङ्कन सुरु भएको छ । सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र ‘सुश्री सम्पत्ति’को छायाङ्कन पोखराबाट सुरु भएको हो । मगंलबार बिहान  पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै चिलचित्रको शुभमुर्हत गरियो । कमेडीको साथै लभस्टोरी रहेको चलचित्रमा सलोन बस्नेत, ,सारा सिर्पाली , विनोद न्यौपाने,प्रमोद अग्रहरि ,राजाराम पौडेल , जयानन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै अभिनेत्री प्रियंका कार्की यस चलचित्रमा विशेष भूमिकामा देखिन्दै छिन् ।

निर्माण पक्षको अनुसार चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरामा हुने छ । राहुल इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रलाई मेश त्वयना विज्ञान राई ,नुनम सुब्बा र रोमन शीलाकरले लगानी गरेका छन् । चलचिमा सुरेश अधिकारीको सङ्गीत, अर्जुन तिवारीको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहने छ । चलचित्रका कथा निर्देशन आचार्य स्वयम्ले लेखेका हुन् ।