अभिनेत्री प्रियंका कार्कीको आज (मङ्गलवार) जन्मदिन । १९८७ फेब्रुअरी २७ गते काठमाडौँमा जन्मिएकी प्रियंका आजबाट ३२ वर्षमा प्रवेश गरेकी छिन् ।
मङ्गलवार उनी अभिनित चलचित्र ‘शत्रु गते’ युनिटले प्रियंकाको जन्मदिन मनाएको छ ।
आफ्नो आमा–बुवा र प्रेमी आयुष्मान देशराजको साथमा कार्यक्रममा पुगेकी प्रियंकालाई शुभकामना दिन चलचित्रका निर्माता किरण केसी, निर्देशक प्रदिप भट्टराई र अभिनेत्री दिपाश्री निरौला उपस्थित थिइन् ।शत्रु गते टिमले प्रियंकालाई फोटो उपहार दिएको थियो ।
२०१२ मा चलचित्र ‘थ्रि लभर्स’बाट रजतपटमा डेव्यु गरेकी प्रियंकाले आफ्नो करियरको ६ वर्षमा दुई दर्जन बढी चलचित्र, सयौँ म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।अभिनेत्री प्रियंका कार्कीलाई सिनेपाटीको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना !