अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को रिलिज मिति तय गरिएको छ । निर्माण पक्षको अनुसार चलचित्र नयाँ वर्ष वैशाख २१ गतेबाट रिलिज हुने भएको छ । निर्माण युनिटले दुई नयाँ पोस्टर सहित रिलिज मिति पनि सार्वजनिक गरेको हो । नेपालमा लोप हुँदै गइरहेको डण्डीबियोको कथालाई उठ्ठान गरेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । छेतेनले यसअघि नोभेम्बर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखिसकेका छन् ।
चलचित्रमा खगेन्द्रको अलावा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको चलचित्रमा खगेन्द्रकै लेखन रहेको छ । प्रितम पाण्डेको सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत र हरि हुमागाइँको छायाङ्कन रहेको छ ।