काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा बिहीबार रंगहरुको पर्व होली उल्लासका साथ मनाइयो भने आज शुक्रवार तराईमा होली मनाइदैछ । बिहीबार राजधानीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै आम नागरिक देखि सेलिब्रेटीले होली मनाएका छन् ।
सामाजिक सञ्जालमा कलाकारको फेसवुकवाल होलिका रंगिन तस्बिरले भरिएका छन्। टिभी फिल्मीको गोपीकृष्ण हल, रेडियो अडियोको बानेश्वरमा , अभिनेत्री करिश्मा मानन्धर निवास गोदावारी लगायत विभिन्न ठाउँमा आयोजना भएको होली कार्यक्रममा कलाकारहरू साथ पुगेर होली मनाएका छन्।
अभिनेता भुवन केसीले अनमोल केसी सँग होली मनाएका छन्। त्यस्तै तीन वर्षपश्चात अभिनेत्री श्वेता खड्काले फेसबुकमा होलीको रङ्गमा रंगिएको तस्बिर पोस्ट गरेकी छिन्।
त्यस्तै चलचित्र शत्रु गते, पंचायत, मंगलम टिमले पनि विभिन्न स्थानमा पुगेर होली मनाएका छन्।