अभिनेत्रीको साथै निर्मात्री समेत रहेकी सुस्मिता केसी बेलाबखत फेसबुकमा लेख्ने स्टाटसका कारण विवादमा आइरहेकी हुन्छिन् । विशेष अभिनेता भुवन केसीलाई अंकित गर्दै बेलाबखतमा व्यङग्यात्म स्टाटसहरु आइरहेको हुन्छ । यति बेला सुस्मिताले आफ्नै छोरा अनमोल केसीमाथि रिस पोख्दै स्टाटस लेखेकी छिन् । जुन स्टाटस केही समयमा नै फेसबुकबाट हटाइएको थियो । पहिलो स्टाटसमा सुस्मिताले भुवन केसी, जिया केसी र अनमोलले होली खेलेको फोटो पोस्ट गर्दै आमाको मन दुखाएको लेखेकी थिइन् । उनको स्टाटस यस्तो छ ‘ आमाको मन दुखाएर कसैको प्रगति भएको छ ? डिङ्गो पुत्रको सत्यनास..यही हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आर्शिबाद । ’
त्यसको केही समय पछि उनले पुन अर्को स्टाटस लेख्छिन् ‘खाते, बार मासे, क्यासनोभाको रगत हो नि, लक्षण त देखाइहाल्छ नि । म मूर्ख रहेछु, युगौं देखि खराब गुणलाई असलमा परिणत गर्न खोजिरहे।मैले अब सकिन।'
यस अघिपनि अनमाेल अभिनित चलचित्र 'कृ' खल्लाे भएकाे भन्दै उनले फेसबुकमा लेखेकी थिइन् ।