बाल गायक अधिश्री कसपालको आवाज रहेको ‘छोरी अन्माउँदा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको सङ्गीत र सुभाषचन्द्र ढुंगेलको शब्द रहेको उक्त गीतमा नायिका वर्षा शिवाकोटी र सरोज खनालको अभिनय रहेको छ । घरकी एक्ली छोरी अन्माउँदा एक पितालाई पर्ने चोटलाई भावुक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ । निकेश खड्काको निर्देशन र प्रकाश तुलाधरको सम्पादन रहेको सो भिडियोलाई धिरजजंग शाहले छायाङ्कन गरेका हुन् ।