गत शुक्रबार सार्बजनिक भएको चलचित्र 'शत्रु गते'को ट्रेलर यति बेला सम्म करिब ६ लाख भ्युजका साथमा नेपाल ट्रेण्डिङको नम्बर एकमा रहेको छ । ट्रेलरमा १५ हजार भन्दा बढीले लाइक गरेका छन् भने निकै कम डिसलाइक रहेको छ । यस्तै ट्रेलरमा २००० हाराहारीमा कमेन्ट रहेको छ जसमा अधिकांशले सकारात्मक र उत्साहजनक प्रतिक्रिया दिएका छन् । ट्रेलरबाट प्राप्त प्रतिक्रिया साथै गीत संगीतको चर्चाले पनि चलचित्रलाई दर्शकको साथ मिल्ने कुरामा दुईमत छैन ।

यसफिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका हुन् । प्रदीप भट्टराई निर्देशित फिल्ममा महसंगै दीपकराज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।