केहि समय अघि सफल चलचित्र 'दुई रुपैयाँ'को सिक्वेल 'दुई रुपैयाँ २' बन्ने भन्ने खबरले नेपाली चलचित्र वृतमा राम्रै चर्चा पायो । तर सो कुरालाई नकार्दै कलाकार आसिफ शाहले अनटाइटल प्रोजेक्टमा काम भइरहेको बताएका थिए । अब सो प्रोजेक्ट यानी कि 'दुई रुपैयाँ' टिमले बनाउने नयाँ चलचित्रको नाम 'डामाडोल' हुने पक्का भएको जानकारी निर्देशक असिम शाहले सिनेपाटीलाई गराएका छन् ।

चलचित्रमा G21 पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको संयुक्त प्रस्तुति रहनेछ । 'डामाडोल' मा दुई रुपैयाँ कै दुई मुख्य कलाकार आसिफ शाह र निश्चल बस्नेतको जोडी रहनेछ भने हालसम्म नायिकाको खोजी जारी रहेको निर्माण पक्षले जनाएको छ । यस्तै चलचित्रको हाल स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट चलचित्रको छायाँकन सुरु गरिनेछ ।

'दुई रुपैयाँ' टिमको नयाँ चलचित्र 'डामाडोल', नायिका को ?

'डामाडोल'लाई असिम शाहले निर्देशन गर्दैछन् । चलचित्र अर्को बर्षको असोज ५ गते प्रर्दशन गर्ने चाजोपाजो सहित काम भइरहेको निर्माण पक्षले जनाएको छ ।