गायक विराज गौतमको नयाँ गीत 'तिमी सँगै' सार्वजनिक भएको छ । लाइभ एन्ड लाउड रेकर्ड्सको आधिकारिक यु-ट्युब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

प्रतिभाशाली गायक विराज गौतमको यो नयाँ गीतको म्युजिक भिडियो सिलोङ र पोखरामा छाँयाकन गरिएको हो । सोन शिखरको शब्द र सङ्गीतमा सिर्जना गरिएको गीतको क्रोनिक बिट्जले ट्रयाक बनाएका हुन् । म्युजिक भिडियोमा गायक विराजका साथै फर्नान्डी फान्बु, छिरिङ स्मोकी, सुशील योज्मे आदिको अभिनय रहेको छ । भिडियोलाई कमकीले निर्देशन गरेका हुन् ।