नारायण कडरियाको आवाज रहेको 'जाम पारी पारी' बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गीतमा गायक आफैले संगीत भरेका हुन् भने शब्द पनि उनैको रहेको छ । म्यूजिक भिडियो जिनियस म्युजिकको अफिसियल यु-ट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको हो ।
भिडियोमा कडरियासँगै नायिक केकी अधिकारीलाई पनि देख्न सकिन्छ । नबिनबाबु गुरुङको निर्देशन रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।