अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने पक्का भएको छ। फाल्गुन २८ गते नविन प्रधानसँग अशिष्माले विवाह गर्ने तय भएको छ । उनले नविनसँग एरेन्ज म्यारिज गर्न लागेकी हुन् ।
अशिष्माका श्रीमान पेसाले चार्टर्ड अकाउन्टेन्ट हुन् । काठमाण्डौ मध्य बानेश्वरका स्थानीय नविन हाल अमेरिकामा छन् । अमेरिकामै बस्ने धर्म भाईसँग साथी रहेका नविनसँगको छोटो चिनजानमा विवाह हुन लागेको हो । असिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार गरिने भएको छ ।