मल्टिस्टारर चलचित्र 'शत्रु गते' यति बेला आफ्नो प्रचारप्रसारको क्रममा रहेको छ । चलचित्रको गीत संगीत र ट्रेलरले दर्शक माझ आफ्नो राम्रो छाप प्रस्तुत गरिसकेको छ । चलचित्रको प्रचार सामाग्रीले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलीरहेको र अझ थप त्यसमा दर्शकको चासो बढोस् भन्ने हेतुले पनि मोफसल यात्रा तय गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसीले बताए ।

फाल्गुन २३ देखि ३० सम्म हुने मोफसल यात्रामा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह , आँचल शर्मा, जुनु रिजाल काफ्ले लगायतका कलाकार सहभागी हुँदैछन् । ’रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्राले २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीका दर्शकलाई भेट्ने भएका छन् ।

मोफसल यात्रामा 'शत्रु गते' टिम, कहाँ कहाँ पुग्दैछन् कोको कलाकार ?

चलचित्र 'शत्रु गते' मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने निर्देशन प्रदिप भट्टराईको रहेको छ । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ । दिर्घ गुरुङले खिचेको यस चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् भने दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माताहरु हुन् । चलचित्र 'शत्रु गते' चैत्र ९ गतेबाट देशभर प्रदर्शन हुनेछ ।