पुरुष सौन्दर्य प्रतियोगिता 'मिस्टर इन्टरनेसनल'मा पहिलोपटक नेपालले सहभागिता जनाउने भएको छ । नेपालको लागि बिराटनगरका साजिद अलामले प्रतिनिधित्व गर्ने भएका हुन् । उनी 'मिस्टर इन्टरनेसनल २०१८'का शीर्ष विजेता हुन् भने 'म्यान हन्ट नेपाल २०१८'का सेकेन्ड रनर अप हुन् । मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औं संस्करण हो । तर नेपालको लागि भने चाहिं यो प्रतिनिधित्वको पहिलो अवसर हो ।
नेपालका लागि उक्त सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज साजिद स्वयंमको व्यक्तिगत पहलबाट भित्रिएको हो । उनले भने,'यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो । सँगै आफैले यसको फ्रेन्चाइज नेपालमा ल्याउनु चुनौती र गर्व एकसाथ महसुस हुने रहेछ ।' यो पटक प्रतियोगिता म्यानमारको नेसनल थिएटर अफ आयोजना हुँदैछ। अप्रिल ३० को दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् । विजेतालाई मिस्टर इन्टरनेसनल २०१७ पल इस्कन्दरले ताज पहिराउने छन् ।