गायक सुनिल गिरीले 'को होला त्यो १ र २'को सफलता पछि तेस्रो भाग बजारमा ल्याएका छन् । 'टोलाउँदै होला' बोलको अफिसियल म्युजिक भिडियो यही फागुन २२ गते सुनिलको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्दलाई गायक स्वयम् आफैले रचना गरेका हुन् । अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको गीतमा पवन सिम्खडाको छायाङ्कन रहेको छ । श्याम कुँवरको सम्पादन रहेको गीतलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।