आज शुक्रवार सिनेमा हलमा एकसाथ तीन नेपाली चलचित्र मंगलम, हुर्रे र गाजाँबाजा प्रदर्शनमा आएका छन् । जसमा बाघ निर्माता बनेर परिचित छविराज ओझाको निर्माण रहेको चलचित्र ‘मंगलम’ रहेको छ । मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, पष्प खड्का, पृथ्वीराज प्रसाई, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ । मल्टिप्लेसमा थोरै सो पाएको मंगलमले सिंगल थिएटरमा भने राम्रो सो पाएको छ । चलचित्रको ‘पर्ख पर्ख मायाले’ बोललको गीत चर्चित रहेको छ भने यसले केही दिन अघि एक करोड भ्युज् युट्युबमा पाएको थियो । चलचित्रमा पारिवारिक प्रेमकथालाई उठाइइएको छ ।
त्यस्तै कमेडी जनरामा निर्माण भएको चलचित्र ‘हुर्रे’ पनि आजबाट प्रदर्शन भएको छ। चलचित्रमा केकी अधिकारी, अनुपबिक्रम शाही, अंकित खड्का, विजय बराल, राजाराम पौडेल, संगिता नापित लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई यम थापो निर्देशन गरेका हुन् भने सोनम लामाले निर्माण गरेका हुन् । यस चलचित्रमा समावेश भएको ‘ठेकीमा दही’ बोललको गीतलाई दर्शकले रुचाएका छन् ।
दुई वर्ष लामो विवादपछि चलचित्र ‘गाजाँबाजा’ आजबाट सिनेमा घरमा प्रदर्शन भएको छ । चलचित्रमा गाँजा खाने युवाको कथालाई उठाइएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।
यता बलिउडतर्फ भने आज कुनै चलचित्र रिलिज भएनन् । हलमा अभिनेत्री अनुषका शर्मा अभिनित ‘परी’ प्रदर्शन भइरहेको छ ।