चलचित्र ‘द ब्रेकअप’को अफिसियल निर्माण घोषणा भएको छ । केही महिना अघि नै निर्माण तयारीमा लागेको चलचित्र युनिटले शुक्रवार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरेको हो । चलचित्रको छायाङ्कन आउँदो आइतबार देखि पोखराबाट सुरु हुने भएको छ । चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दै छन् भने रोहित अधिकारीले निर्माण गर्दै छन् । रोमान्टिक कमेडी प्रेमकथामा बन्न लागेको चलचित्रमा आशिरमान देशराज जोशी मुख्य भूमिका देखिने भएका छन् । उन ग्याङस्टर ब्लुजबाट डेव्यु गरेका हुन् । आशिरको जोडीको रूपमा नायिका शिल्पा मास्के देखिने भएकी छिन् । त्यस्तै चलचित्रमा आशिर र शिल्पाको साथमा सलोन बस्नेत, रेमनदास श्रेष्ठ,सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको छायाङ्कन पोखराको साथमा अस्ट्रेलियामा पनि हुने छ । निर्माण पक्षको अनुसार ‘द ब्रेकअप’ आगामी वर्षको भदौ १५ गते मा रिलिज हुने भएको छ ।