सत्यकथामा आधारित रहेको चलचित्र ‘बोबी’को टिजर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण र निर्देशन रहेको चलचित्रमा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भुमिक रहेको छ । १ मिनेट ३४ सेकेण्डको टिजरमा प्रेम, रोमान्स, बिछोड लाई देखाइएको छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जिनियर हुन् भने कविता होटेल म्यानेजर हुन् । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा सञ्चारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाङ्कन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको सङ्गीत रहेको छ ।