चलचित्र ‘तिमीसँग’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाण्डौँमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । शिशिर राणाको निर्माण र निर्देशन रहेको चलचित्रको ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन फिचर छन् । ट्रेलरमा क्रिकोणत्मक प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रको कथा निर्देशक राणाले लेखेका हुन् । चैत्र २३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको दुई गीतहरू केही समय पहिलानै रिलिज भइसकेको छ । जसमा ‘लडे लडे’ बोललको गीतलाई दर्शकले रुचाएका छन् ।