गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’लाई दर्शकले रुचाएका छन् । पारिवारिक प्रेमकथामा बनेको चलचित्रले आइतबार राजधानीमा विशेष सो आयोजना गरेको थियो । चलचित्र हेर्ने अभिनेत्री रेखा थापा सहित दर्जन बढी कलाकार र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । मंगलम हेरिसके पछि अभिनेत्री रेखा थापा भन्छिन् ‘चलचित्र साँचै राम्रो बनेको छ । म खासै रुने मान्छे होइन तर मंगलम हेर्दा मेरो आँखा रसायो । निर्माता छवि राज ओझाले पैसा खर्च गर्न लोभ गरेका छैनन् । उनी बाघ निर्माता हुन् भनेर प्रमाणित गरेका छन् । नायिका शिल्पा पोखरेलको काम तारिफयोग्य छ । नायक पुष्प खड्काले बिर्सिन नसक्ने काम गरेका छन् । ’
नवल नेपालको निर्देशन रहेको चलचित्रबाट पुष्पको कामलाई धेरैले रुचाएका छन् । चलचित्रमा पुष्प र शिल्पाको साथमा पृथ्वी प्रसाईको मुख्य भूमिका रहेको छ ।