प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लिलीबिली’ टिमले नयाँ चलचित्र ‘सोलीडोली’ निर्माण गर्ने भएका छन् । चलचित्रमा लिलीबिलीका नायक प्रदिप खड्का तय भएको बताइएको छ । प्रदिप हाल लिलीबिलीको प्रमोसनमा व्यस्त छन् । चलचित्र यही चैत्र ३० गतेबाट प्रदर्शन हुँदै छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने गोविन्द शाही र सुदिप खड्का यसका निर्माता हुन् । ‘सोलीडोली’लाई पनि निर्देशक चाम्सले निर्देशन गर्ने भएका छन् । यसबारेमा उनीसँग बुझ्न खोज्दा मिलन बोल्न चाहेनन् । बुझिएअनुसार चलचित्रको छायाङ्कन आउँदो वर्षको भदौबाट सुरु हुनेछ । यता प्रदिप भने ‘सोलीडोली’ अगाडी भैरवीको काम गर्दै छन् । चलचित्रमा दिनेश राउतको निर्देशन र सुवास गिरीको निर्माण रहेको छ ।