चलचित्र ‘ए मेरो हजुर २’बाट रजतपटमा डेव्यु गरेका नायक सलिनमान बनियाँ नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । पहिलो चलचित्रबाट नै चर्चा बटुल्न सफल सलिनले केही समय चलचित्र नगर्ने भनेर बसेका थिए । यति बेला उनी निर्माता केशव भट्टराईको अनटाइटल चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको छ ।
बुझिएअनुसार चलचित्रको चाँडैनै पत्रकार सम्मेलन गरी अपौचारिक निर्माण घोषणा गरिने छ । चलचित्रलाई सम्राट् शाक्यले निर्देशन गरिने बताइएको छ भने सलिनको साथमा सलोन बस्नेत पनि फाइनल भइसकेको खबर बाहिरिएको छ । चलचित्रको लागी भने नायिकाको खोजी भइरहेको छ ।