कलाकारीताको, हास्य व्यंङ्ग्य क्षेत्रका चर्चित एवं सफल व्यक्तित्वहरू तथा पछिल्लो समयका सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस्’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई सम्मान गरिएको छ । यी दुईलाई चलचित्र सम्बन्धी साप्ताहिक पत्रिकाले बिहीबार ‘फिल्मीखबर वर्ष व्यक्ति’को रूपमा सम्मान गरेको हो । फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसर पारेर एक भव्य कार्यक्रम बिच धुमुर्स–सुन्तिलीलाई सम्मानित गरेको थियो ।
प्रविशा प्रकाशन प्रा.लिई. द्वारा प्रकाशित फिल्मीखवर साप्ताहिकले विगत ६ वर्ष देखी चलचित्र, गीत, सङ्गीत, रंगमञ्च एवं मनोरञ्जन जगतका विभिन्न आधारहरूलाई मानेर वर्ष व्यक्ति छनौट गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व कुञ्जना घिमिरेले मान्छेले आफ्नो सन्तानको प्रगति चाहन्छ, आज यो घर वातावरणमा यो किसिमको सम्मान पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आफू कलाकारीता क्षेत्रको सन्तान भएको बताइन् । त्यस्तै सम्मानित व्यक्तित्व सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था हो भने । उनले हामीसबै कलाकार जनमानसमा आपद विपद पर्दा संयमीत भएर लाग्ने गरेका छौ र अहिले पनि लागिरहेको बताए ।
कार्यक्रममा फिल्मीखबर साप्ताहिकका सम्पादक तथा कार्यक्रमका सभापति शान्तिप्रियले सबै प्रति आभार व्यक्त गरे । फिल्मीखबर निश्पक्ष, निडर र निरन्तर रहेको बताए । उनले विगतका दिन जस्तै आगामी दिन पनि चुनौतीपूर्ण रहेपनि आफू निरन्तर लागी पर्ने बताए ।